नेपाल एसिया कपबाट बाहिरियो

काठमाडाैं | साउन ९, २०८१

नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं:    एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । 


श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । 


यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । 


आजको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । 


नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 


भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए । यस्तै रेनुका सिंहले एक विकेट लिइन् । 


त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् ।


त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्